बेथानचोकमा पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता शुरु

  • Nepali Sanchar Radio Australia
  • / अटो /
  • २०८० चैत्र १५, बिहिबार (११ महिना अघि)
  • १८३ पटक पढिएको
बेथानचोकमा पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता शुरु

बेथानचोक गाउँपालिका र भूमिमाता युवा क्लबको आयोजनामा सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८० को गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नं. ४ मा अवस्थित तिप्चोक खेल मैदान एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले गाउँपालिका भित्रका प्रतिभाहरुबीच प्रतिस्पर्धा गराउँदै प्रतिभाहरु उत्पादन गर्न यस प्रकारका प्रतियोगिताहरुले सहयोग पुग्ने बताउनु भयो । खेलकुदको विकास र वडा स्तरबाटै खेलप्रतिको रूचि बढाउन गाउँपालिकाले खेलकुदमा लगानी गरेको बताउँदै विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आइएको बताउनु भयो । राष्ट्रको गौरव, सान, मान, पहिचान स्थापित गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले गाउँपालिकाले खेलकुदका लागि लगानी गरिहने बताउनुभयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिका खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गराउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “खेलाडी देशको राष्ट्रिय सम्पत्ति हो । खेलकुदको विकास र खेलको वातावरणका लागि खेल पूर्वाधार महत्वपूर्ण हुन्छ । यसका लागि गाउँपालिकाले खेलको प्रवद्र्धनका लागि, खेलकुद पूर्वाधारको विकासका लागि विभिन्न गतिविधि गर्दै आइरहेको छ ।”
स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन । स्वस्थ गराउन खेलकुद महत्वपूर्ण छ । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रूपले वा शारीरिक रूपबाट अपांग बन्नपुग्छ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने यस प्रकारका प्रतियोगिता आवश्यक रहेको तिमल्सिनाको भनाई थियो ।

असोज २८ देखि शुरुभई १६ वटा टिम सहभागी सो प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्ने आयोजक भूमिमाता युवा क्लबका अध्यक्ष माइते तामाङले बताउनु भयो । उहाँका अनुसार बिजेता टिमले ६० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपबिजेता टिमले ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष तामाङले जानकारी दिनुभयो । यस्तै बेष्ट प्लेयर, हाइ स्कोरर, बेष्ट डिफेण्डर तथा म्यान अफ दि सिरिजलाई पनि नगदद्वारा पुरस्कृत गरिने जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा वडा नं. ४ का सदस्य कर्ण तामाङले एन्फा रेफ्रीद्वय राम श्रेष्ठ र जयज नरसिंह श्रेष्ठलाई बल हस्तान्तरण गर्नु भएको थियो । प्रतियोगितामा भूमिमाता गौरीशंकर र सलान्दु बगर टिमबीच भएको प्रतिष्पर्धामा भूमिमाता गौरिशंकरले १ का विरुद्ध ६ गोलअन्तरले स्पर्धा आफ्नो पोल्टोमा पारेको छ । भूमिमाता गौरीशंकरका लागि कृष्ण तामाङले २, गणेश तामाङ, विनय तामाङ, दिवस तामाङ र बुद्ध तामाङले १–१ गोल गर्नुभयो । सलान्दुबगरका लागि सान्त्वना गोल पेमा लामाले गर्नुभयो ।


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस