प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

  • Nepali Sanchar Radio Australia
  • / मुख्य समाचार /
  • २०८१ माघ २५, शुक्रबार (२ हप्ता अघि)
  • ३० पटक पढिएको
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

एजेन्सी । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२००० बिहीबार मध्य प्रदेशमा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट ३८४ किलोमिटर उत्तरमा रहेको शिवपुरी जिल्लाको सुनारी चौकी नजिकै विमान दुर्घटना भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाइलट घाइते भएका छन् । दुर्घटनापछि सो विमानको भित्री भागमा ठूलो आगोको लप्को देखिएको थियो, जुन सामाजिक सञ्जालमा पनि छाइरहेको छ ।

दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन । भारतीय वायुसेनाले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस