अस्ट्रेलियाली नेपाली समुदायको ताजा समाचारको निम्ति फेसबुकमा हामी संग जोडिनुहोस। बिज्ञापनको लागि : Advertise । आफ्नो सामुदायिक तथा संस्थागत गतिबिधि बारे समाचार पठाउन info@nepalisancharradio.com मा इमेल गर्नुहोस।
“छोराको अनुहार अन्तिमचोटि हेर्ने रहर छ, उनको आत्मालाई शान्ति दिन चाहन्छु” — यी शब्दहरू हुन् एक बुबा, बिस्वनाथ पण्डितका, जसले विगत छ वर्षदेखि पीडादायी प्रतीक्षामा बिताएका छन्।
बिगुल पण्डित सन् २०१७ मा न्यू साउथ वेल्सको अलबरीस्थित मुर्रे नदी नजिक हराएका थिए। उनीहरूप्रति ठूलो खोजी भयो, तर दुर्भाग्यवश, दुई वर्षपछि २०१९ मा मात्रै उनको अवशेष फेला पर्यो। त्यसबेलादेखि बिगुलका अवशेष एनएसडब्लु कोरनरको कार्यालयमा थन्किएका छन्।
अब बुबा बिस्वनाथ पण्डित आफ्नो छोरालाई अन्तिम बिदाइ दिन अस्ट्रेलिया आइपुगेका छन्।
यस भावुक र संघर्षपूर्ण यात्रामा, एनआरएनए अस्ट्रेलिया र नेपाली मानार्थ महावाणिज्यदूतावास (NSW) को सहयोगले सम्भव भएको हो। एनएसडब्लु प्रहरी, स्वास्थ्य विभाग र कोरनरको कार्यालयसँग मिलेर अन्ततः बिगुलको अन्तिम संस्कार प्रक्रिया अघि बढाइएको छ।
एक बाबुले आफ्ना छोरालाई सम्मानका साथ अन्तिम बिदाइ दिन, हाम्रो सानो सहयोगको आवश्यकता छ।
बिगुलको अन्तिम संस्कार र धार्मिक विधिहरू सम्पन्न गर्न,
बुबा बिस्वनाथ पण्डितको अस्ट्रेलियामा बसाइका लागि खर्च धान्न,
अवशेषको मुक्ति, दाहसंस्कार र सम्भव भएमा खरानी नेपाल लैजान,
यात्रा, कागजी प्रक्रिया र अन्य सम्बन्धित खर्चहरू व्यवस्थापन गर्न।
एक बाबाको छोराप्रतिको प्रेम, एक समुदायको सहयोगभाव, र एक मानवीय कर्तव्य — यी सबैलाई मूर्तरूप दिन तपाईंको सानो योगदान नै ठूलो सहयोग हुनेछ।
🙏
उहाँ Nepali Sanchar Radio Australia डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |