बेथानचोकमा ‘समुदायमा अदालत सम्बन्धि कार्यक्रम’

  • Nepali Sanchar Radio Australia
  • / अटो /
  • २०८० चैत्र १६, शुक्रबार (११ महिना अघि)
  • १९९ पटक पढिएको
बेथानचोकमा ‘समुदायमा अदालत सम्बन्धि कार्यक्रम’

बेथानचोक गाउँपालिकामा काभ्रेपलान्चोक जिल्ला अदालतको आयोजनामा “समुदायमा अदालत सम्बन्धि कार्यक्रम” सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालले न्याय सम्पादनमा बेथानचोक गाउँपालिका जिल्लाकै अग्र स्थानमा रहेकोमा धन्यवाद दिँदै अरू पालिकाहरूले पनि बेथानचोकको अनुसरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले सहभागीहरूको कानुनी समस्य समाधान गर्ने कानुन उपायहरू प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत कार्यक्रममा अदालतबाट न्यायिक समितिको अनुगमन तथा निरीक्षण हुँदा न्यायिक कामकाज कार्यविधीगत रूपमा ऐन नियमको पालन गरी काम कारबाही भएकोप्रति प्रशंसासमेत गर्नुभयो ।

कार्यक्रमकै क्रममा काभ्रे जिल्ला अदालतका श्रेस्तेदार कर्णबहादुर राईले समुदाय–अदालतसम्बन्धि प्रशिक्षण दिनु भएको थियो । जसमा कार्यपालिका सदस्य, मेलमिलापकर्ता र अन्य सरोकारवालाहरूको उपस्थित रहेको थियो । काभ्रे जिल्ला अदालतका अन्य उपस्थित कर्मचारीहरूसमेतले उक्त कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला अदालतबाट न्यायिक समितिको अनुगमन तथा निरीक्षण गर्न आउनु भएका न्यायाधीश नेपालको नेतृत्वमा सहभागीलाई गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले स्वागत गर्नु भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक तारा राना तिमल्सिनाले जिल्ला अदालतबाट हुने अदालती काम कारवाही र प्रक्रियाबारे स्थानीय तहमै आएर जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले यस प्रकारका कार्यक्रमहरूले सहजै कानुनी पहुँचको जानकार नभएका व्यक्तिहरूले पनि मेसो पाउने भएकोले कार्यक्रम फलदायी रहेको जीकिर गर्नुभयो । उहाँले न्यायिक समितिको निरीक्षण र सुपरीवेक्षण गरी गाउँपालिकाले गरेको राम्रो काम र अभ्यासले प्रशंसा पाएकोप्रति खुशी व्यक्त गर्नुभयो । गाउँपालिकाका सबै वडाहरूले गाउँपालिकाको न्यायिक समितिबाट सहज ढंगले सेवा पाएको पनि बताउनुभयो ।

बेथानचोक गाउँपालिकामा चालु वर्षमा न्यायिक समितिमा कूल २६ वटा मुद्दा दर्ता भएकोमा २२ वटा फछ्र्यौट भएको र ४ वटा मुद्दा चालु रहेको गाउँपालिकाका न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिनाले जानकारी दिनुभयो ।


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस