बेथानचोकमा विद्यार्थीले बनाए ‘कार’

बेथानचोकमा विद्यार्थीले बनाए ‘कार’

बेथानचोक / बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीले अटोमेटिक कार बनाएका छन् ।

गाउँपालिकाले संचालन गरेको रोबोटिक्स तालिम लिएका उनिहरुले प्रबिधीको प्रयोग गरेर अटोमेटिक कार, स्मार्ट डस्ट्विन लगायतका सामाग्री तयार गरेका हुन् ।‘सामान भयो भने अब घरमा नै बनाउन सक्छौं,’ तालिममा सहभागी वडा नम्बर १ को भैरव मावीका सुदर्शन लोप्चनले भने, ञतालिमले धेरै ज्ञान र सीप बढायो, यसको प्रयोग अन्य सामाग्री बनाउन पनि प्रयोग गर्छौं ।

प्रबिधिमैत्री र सिपमुलक शिक्षा दिने उद्देश्यले बेथान्चोक गाउँपालिकाले रोबोटिक्स तालिम सन्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्पा राईले जानकारी दिइन् ।रोबोटिक्स क्लव गुजरातका अध्यक्ष प्रशान्त चौधरी, प्रिन्स चौधरी र रोवोटिक्स क्लब अफ काठमाडौं युनिभर्सिटीका सक्षम श्रेष्ठले ३ दिन सम्म तालिम दिएका थिए ।

तीन दिनको प्रशिक्षणमा ब्लुतुथ कन्ट्रोल कार, स्मार्ट डस्ट्विन र होम अटोमेसन बनाउन सिकाएको प्रशिक्षक प्रशान्त चौधरीले बताए । ‘तीन दिनको तालिममा विभिन्न एप, प्रोगामिङ, मोटर र सेन्सरको प्रयोग गरेर ती सामाग्री तयार गर्न सिकेका छन् झ उनले भने, ‘त्यही प्रविधी र सीप प्रयोग गरेर अन्य उपकरण पनि बनाउने बताएका छन् । ‘ चक्रेश्वर मा .बी कक्षा ९ मा अध्यनरत अल्वर्ट दाहालले तिहारमा प्रयोग हुने झिलीमिलि बत्ति आफै बनाएर अर्को पटक प्रयोग गर्ने बताए ।गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोकलाई नवप्रवर्तनको केन्द्र बनाएर युवा, विद्यार्थीहरुलाई अन्वेषण, अनुसन्धानमा लगाइने बताए ।


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस