बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

  • Nepali Sanchar Radio Australia
  • / अटो /
  • २०८० चैत्र १६, शुक्रबार (११ महिना अघि)
  • ४१५ पटक पढिएको
बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो ।

बुधबार तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उहाँले तालिम लिएसँगै संवादका माध्यमबाट समाधान खोज्न सक्नु पर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलोसम्म पु¥याई सामाजिक सदभाव कायम गर्ने भएकाले समाजमा विद्यमान समस्याहरुलाई मिलाउने भएकाले मेलमिलापकर्ताहरुले मुद्दा मिलिसकेपछि तुषका खाटा समेत नबस्ने खालको वातावरण सिर्जना हुनेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो । चालु वर्षमा जिल्लाका १३ वटै स्थानीय पालिकामध्ये न्याय सम्पादनमा बेथानचोक पहिलो भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यस आर्थिक वर्षमा कूल ३६ वटा मुद्दा आएकोमा १० वटा मौखिक मिलान भएका, २६ वटा मुद्दा दर्ता भएका, १० वटा मिलापत्र भएको, ८ वटा निर्णय फैसला भएको, २ वटा डिसमिस भएका, एउटा खारेज भएको, २ वटा मुद्दा फिर्ता भएको र ३ वटा मुद्दा चालु रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले समितिलाई दिएको क्षेत्राधिकारको प्रभावकारी प्रयोग, अपनाउने कार्यविधिको मापदण्ड, स्वच्छ सुनुवाइ र निष्पक्ष भूमिका निर्वाह गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले सुशासनका गतिविधिहरुमा बेथानचोक गाउँपालिका काभ्रेका गाउँपालिकाहरुमा पहिलो स्थानमा रहेको बताउनु भयो । यस्तै जिल्ला भरीको सुशासन, सेवाप्रवाह, भौतिक पूर्वाधार, आर्थिक प्रशासन लगायतका मापनहरुमार्फत हुने संस्थागत स्वमुल्यांकन (लिजा) मा जिल्ला मै नगर र गाउँपालिकाहरुमा प्रथम भएको बताउनु भयो ।

कार्यक्रममा मुख्य प्रशिक्षक रमिला हुमागाईले सबैले जित्ने वातावरण बनाएर काम गर्न र फाटेका सम्बन्धनाई सियोले झैं जोडेर राख्ने वातावरण बनाउन आग्रह गर्नुभयो । सहभागिका कैलाश तिमल्सिनाले तालिमले कतिपय नबुझेका कुरामा स्पष्टता मिलेको बताउनुभयो । सो अवसरमा गाउपालिकाका कुनै पनि वडामा विवाद नहोस् भन्ने कुरामा गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै तालिममा सिकेको ज्ञानले समाजमा हार्दिकताका साथ मेलमिलाप कायम राख्न, समुदायस्तरमा न्यायिक मेलमिलापका लागि कार्य गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको न्यायिक शाखा प्रमुख श्री कृष्ण तिमल्सिनाले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष एवम् न्यायिक समिति सदस्य कुबेर ढकाल, न्यायिक समिति सदस्य एवं कार्यपालिका सदस्य दिल कुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण शान्तिका लागि सहकार्य संस्था, नेपालले गरेको थियो ।


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस