बेथानचोकका ३ विद्यालयलाई लायन्स क्लबको उद्घोषण तालिम

  • Nepali Sanchar Radio Australia
  • / अटो /
  • २०८० चैत्र १६, शुक्रबार (११ महिना अघि)
  • ६०९ पटक पढिएको
बेथानचोकका ३ विद्यालयलाई लायन्स क्लबको उद्घोषण तालिम

ढुंखर्क । बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक भाषण कलासम्बन्धि तालिम दिइएको छ ।
लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित तालिममा ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको बहुआयामिक विकासका लागि बिदाको समयमा यस प्रकारका तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जीवनपयोगी तालिम सञ्चालन गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो । व्यक्तित्व विकास तथा प्रभावकारी सञ्चारका लागि वक्तृत्वकला मानव जीवनको अभिन्न पाटो रहेकोले तालिमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यसप्रकारका कार्यक्रमलाई वडा कार्यालयले पनि सहयोग गर्दै जाने बताउनुभयो । साथै अभिभावक शिक्षालाई पनि सँगै लान वडा अध्यक्ष तिमल्सिनाले विद्यालयलाई सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारप्रसाद घिमिरेले किताब भन्दा बाहिर पनि सिकाइका विविध आयाम हुुने भएकाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस प्रकारका गतिविधिलाई तालिका नै बनाएर अघि बढ्ने बताउनुभयो ।
सरस्वती माध्यमिक विद्यालय, पार्वती माध्यमिक विद्यालय र पार्वती माध्यमिक विद्यालय गरी तीनवटा विद्यालयका ३८ जना विद्यार्थीहरु तालिममा सहभागि थिए ।


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस