बालउन्नतिमा ६४औं वार्षिकोत्सव समारोह

  • Nepali Sanchar Radio Australia
  • / अटो /
  • २०८० चैत्र १६, शुक्रबार (११ महिना अघि)
  • ३८९ पटक पढिएको
बालउन्नतिमा ६४औं वार्षिकोत्सव समारोह

गोलगाउँ / बेथानचोक गाउँपालिका वडा नं. ६ स्थित गोलगाउँमा रहेको बालउन्नति आधारभूत विद्यालयले आफ्नो स्थापनाको ६४औ दिवस विविध कार्यक्रम बीच मनाएको छ ।

विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका कार्यक्रममा वर्ष भरीमा विभिन्न गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई वडा अध्यक्ष बिष्णु तामाङले पुरस्कार वितरण गर्नु भएको थियो । सो क्रममा उहाँले वडा भरीका विद्यालयहरुलाई शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गर्नुभयो । सामुदायिक विद्यालयका शैक्षिक गतिविधिमा गाउँपालिकाले लगानी थप्दै गएकोले भावी दिनहरुमा पनि लगानी थप्दै जाने विश्वास दिलाउँदै थप मिहेनत गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

अभिभावकलाई पनि विभिन्न गतिविधिमा संलग्न गराईएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रेखा रानाले आफ्नो प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले सिमित साधन स्रोतका विच उत्कृष्ट शिक्षण सिकाइका  लागि आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर तामाङले वार्षिकोत्सव समारोहले अभिभावकलाई विद्यालयसम्म ल्याउन मौका मिलेको र अभिभावकको जमघट हुने प्रकारका गतिविधि समय समयमा गरिदै जाने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस